बकर इदमा असार १४ गते सार्वजनिक बिदा हुने

बकर इदमा असार १४ गते सार्वजनिक बिदा हुने

काठमाडौं एक्सप्रेस

  • सार्वजनिक बिदा घोषणा गर्न मुस्लिम आयोगको अनुरोध

काठमाडौं– बकर इदमा आगामी असार १४ गते सार्वजनिक बिदा हुने भएको छ ।

नेपाल राजपत्रमा २०८० सालको बिदाको सूचीमा ईद उल अजहा (बकर इद)को अवसरमा सार्वजनिक बिदा दिने उल्लेख छ ।

आयोगका शाखा अधिकृत दयाराम तिवारीले असार १४ गते बिहीबारका दिन बिदा घोषणा गर्न गृह मन्त्रालयमा पत्र पठाएका छन् ।

मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीको पहलमा विगतका वर्षहरुमा पनि इस्लाम धर्मावलम्बीका पवित्र पर्वहरुमा सार्वजनिक बिदा दिइएको थियो ।

Logo