महालक्ष्मी वडा नम्बर १ र ४ मा दुई वर्षभित्र खानेपानी वितरण गर्ने मेयर श्रेष्ठको प्रतिबद्धता

महालक्ष्मी वडा नम्बर १ र ४ मा दुई वर्षभित्र खानेपानी वितरण गर्ने मेयर श्रेष्ठको प्रतिबद्धता

काठमाडौं एक्सप्रेस

काठमाडौं- महालक्ष्मी नगरपालिकाका मेयर हरिगोविन्द श्रेष्ठले वडा नम्बर १ र ४ मा दुई वर्षभित्र खानेपानी वितरण गर्ने प्रतिबद्धता जनाएका छन् ।

वडा नम्बर १ देखि ४ मध्ये खानेपानीको उपलब्धता पछाडि रहेका दुई वडामा २०८२ साल असार मसान्तसम्म खानेपानी वितरण गर्ने मेयर श्रेष्ठको भनाइ छ । बुधबार विज्ञप्ती जारी गर्दै मेयर श्रेष्ठले मानव जीवन रक्षाको आवश्कता र पूर्ति नै खानेपानी भएकाले नगरपालिकाले हरसम्भव प्रयास गरिररहेको जानकारी दिए ।

नगरपालिकाले नगरको खानेपानी समस्या समाधान गर्ने उद्देश्यले आगामी वर्ष खानेपानी योजनाको लागि एकमुष्ठ ३ करोड ३० लाख रुपैयाँ विनियोजन गरेको छ ।

मेयर श्रेष्ठले गोदावारी मुहान रहेको इमाडोल खानेपानी मार्फत योजना अगाडि बढाउन आगामी साउन ७ देखि डीपीआर तयार गर्न प्राविधिक टोली खटाउने जानकारी दिएका छन् । ‘भदौ ७ गतेसम्म डीपीआर तयार गरी टेन्डरमार्फत ढिलोमा २०८२ साल असार मसान्तसम्म नगरपालिकाको वडा नं. १ र ४ लाई खानेपानी वितरण गराउने प्रतिबद्धता व्यक्त गर्दछु,’ उनले भनेका छन् । मेयर श्रेष्ठले सहलगानी सम्बन्धी कानूनी व्यवस्थाले उपभोक्ता समितिलाई ऋण लगानी अनुकूल हुन नसकेको स्पष्ट पारेका छन् ।

नगरपालिकाले नगर क्षेत्रभित्र खानेपानीको दीर्घकालीन समस्या समाधानका लागि मेलम्ची आयोजना वितरणलाई पनि प्राथमिकतामा राखेको जनाएको छ ।

Logo