कम्बोडिया जाँदै ओली

कम्बोडिया जाँदै ओली

काठमाडौं एक्सप्रेस

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली त्यहाँको निर्वाचनको पर्यवेक्षण गर्न कम्बोडिया जाने भएका छन् ।

आगामी साउन २ गते देखि ८ गतेसम्म हुने भ्रमणमा अध्यक्ष ओली पत्नी राधिका शाक्य सहित ६ जनाको भ्रमण दलमा रहने बुझिएको छ । कम्बोडियामा जुलाइ २३ (साउन ७ गते) आम निर्वाचन हुँदैछ ।

शनिबार बसेको पार्टी सचिवालय बैठकले अध्यक्ष ओलीको भ्रमणको सफलताको शुभकामना पनि व्यक्त गरेको छ ।

एमाले स्रोतका अनुसार अध्यक्ष ओलीसँग उपमहासचिव विष्णु रिमाल, अध्यक्षका स्वकीय सचिव राजेश बज्राचार्य पनि भ्रमण दलमा रहनेछन् ।

Logo