शुद्धीकरण प्रतिवेदन बुझाउने प्रतिष्ठान प्रदेश पहिलो

शुद्धीकरण प्रतिवेदन बुझाउने प्रतिष्ठान प्रदेश पहिलो

काठमाडौं एक्सप्रेस

काठमाडौं– नेपाल पत्रकार महासंघको सुर्खेत साधारणसभाक‍ो म्यान्डेट अनुसार शुद्धीकरण प्रतिवेदन बुझाउने प्रतिष्ठान प्रदेश समिति पहिलो भएको छ ।

प्रतिष्ठान प्रदेश समितिका अध्यक्ष बालकृष्ण अधिकारी नेतृत्वको टोलीले बुधबार महासंघका अध्यक्ष विपुल पोखरेललाई शुद्धीकरण प्रतिवेदन बुझाएको हो ।

प्रतिष्ठानले आफ्ना ४० शाखाका ९५३ जना सदस्यको विवरण बुझाएको हो । प्रतिष्ठान प्रदेश समितिमा यसअघि १४६७ सदस्य थिए ।

प्रतिवेदन बुझ्दै अध्यक्ष पोखरेलले विवादरहित काम गरेको भन्दै धन्यवाद दिए । ‘प्रतिष्ठान प्रदेशले महासंघको म्यान्डेटअनुसार विवादरहित प्रतिवेदन तयार गरेकोमा बधाई दिन चाहन्छु,’ उनले भने, ‘१० वटै प्रदेशमा तपाईंहरु उदाहरणीय हुनुभएको छ ।

प्रतिष्ठान प्रदेश समितिका अध्यक्ष अधिकारीले महत्त्वपूर्व भूमिका निर्वाह गर्ने प्रतिष्ठानका शाखाका अध्यक्षसहित कार्यसमिति, प्रतिष्ठान प्रदेश समितिका निवर्तमान अध्यक्ष, उपाध्यक्षहरु,महासचिव, सचिवहरु, कोषाध्यक्ष तथा कार्यसमितिलाई धन्यवाद दिएका छन् ।

प्रदेश समितिले वरिष्ठ पत्रकारहरु युवराज घिमिरे, अजयभद्र खनाल, अखिलेश उपाध्याय, प्रतीक प्रधान, अमित ढकाल, दिलभुषण पाठक,मनोज दाहाल,सुदिप श्रेष्ठसहितका अग्रजलाई महासंघमा जोड्न केन्द्रलाई आग्रह गरेको छ ।

Logo