राष्ट्रिय ख्रीष्ट्रियन महासंघ विवाद, महासचिवले पनि छाडे साथ, एक्लिँदै गहतरात

राष्ट्रिय ख्रीष्ट्रियन महासंघ विवाद, महासचिवले पनि छाडे साथ, एक्लिँदै गहतरात

काठमाडौं एक्सप्रेस

काठमाडौं- राष्ट्रिय ख्रीष्ट्रियन महासंघको विवादले उग्ररुप लिँदै गएको छ ।

महासंघका निष्कासित अध्यक्ष सीबी गहतराजले गैरकानूनी क्रियाकलाप जारी राखेको भन्दै महासंघका बहुमत कार्यसमितिले प्रशासन गुहारेका छन् । बहुमत पदाधिकारीले दुई दिन ललितपुरमा पत्रकार सम्मेलन गरेर गहतराजले अझै अध्यक्षकै हैसियतमा गैरकानूनी क्रियाकलाप जारी राखेको भन्दै प्रशासन गुहारेका छन् ।

महासंघको विवाद तीब्र बन्दै जाँदा महासचिव मानबहादुर खत्रीले पनि गहतराजको साथ छाडेका छन् । खत्रीले एक भिडियो सन्देशमार्फत आफू भ्रममा रहेको भन्दै गहतराजको एकलौटीलाई साथ दिन नसकिने बताए ।

२०६८ सालमा दर्ता भएको महासंघको देशभर आफ्नो सञ्जाल रहेको छ । तर गहतराजले संस्थालाई निजी कम्पनीको रुपमा चलाउन खोजेपछि अधिकांश रुष्ट भएका छन् ।

महासंघले गत असार १७ गते गहतराजलाई स्पष्टीकरण सोधे पनि उनले जवाफ दिएका छैनन् । उनले अझ धम्की दिए पछि दुई तिहाई बहुमतले पदमुक्त गरेर वरिष्ठ सहअध्यक्ष उद्धवप्रसाद चिमोरियालाई कार्यवाहक अध्यक्ष चयन गरेको छ ।

अध्यक्षको हैसियतमा कामकाज गरेको भन्दै ६ वटा प्रदेशका प्रमुखहरुले विज्ञप्तीमार्फत विरोध गरेका छन् । उनीहरुले गहतराजका गलत क्रियाकलापविरुद्ध एक भएर उत्रन आहवानसमेत गरेका छन् ।

Logo