संवैधानिक परिषद्को बैठक आज पनि

संवैधानिक परिषद्को बैठक आज पनि

काठमाडौं एक्सप्रेस

;+j}wflgs kl/ifbsf] a}7s sf7df8f}F, !^ ;fpgM k|wfgdGqL sfof{no l;+xb/af/df dªunaf/ a;]sf] ;+j}wflgs kl/ifbsf] a}7s . tl:a/M k|bLk/fh jGt÷/f;;

काठमाडौं- संवैधानिक परिषद्को बैठक आजका लागि बोलाइएको छ । बैठक साँझ ५ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने भएको हो ।

बैठकले प्रधानन्यायाधीशको नाम सिफारिस गर्ने बताइएको छ । यसअघि मंगलबार बसेको बैठकमा कुनै सहमति नभएपछि फेरि आज बस्न लागेको हो ।

यही २० गते प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको कार्यकाल सकिन लागेपछि संवैधानिक परिषद्ले प्रधानन्यायाधीशको नाम सिफारिस गर्न लागेको हो । बैठकले विश्वम्भरप्रसाद श्रेष्ठलाई प्रधानन्यायाधीश सिफारिस गर्ने बताइएको छ ।

Logo