तारकेश्वरमा पहिरोले घर पुर्दा बाबु-छोरीको मृत्यु

तारकेश्वरमा पहिरोले घर पुर्दा बाबु-छोरीको मृत्यु

काठमाडौं एक्सप्रेस

काठमाडौं- काठमाडौंको तारकेश्वरमा पहिरोले घर पुर्दा बाबु-छोरीको मृत्यु भएको छ ।

शनिबार राति करिब आठ बजेतिर पहिरोले घर पुर्दा तारकेश्वर नगरपालिकाको चो गाउँका गणेश तामाङ र उनकी छोरीको मृत्यु भएको हो ।

नगरपालिकाका मेयर कृष्णहरि महर्जनका अनुसार बुवाको घटनास्थलमै र छोरीको अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

गणेशकी श्रीमती घाइते भएकी छन् । उनको खुट्टामा चोट लागेकाले त्रिवि शिक्षण अस्पतालमा उपचार जारी छ । छोरा भने सकुशल छन् ।

Logo