भारतमा सवारी दुर्घटनामा परी नेपालगन्जका ६ जनाको मृत्यु

भारतमा सवारी दुर्घटनामा परी नेपालगन्जका ६ जनाको मृत्यु

काठमाडौं एक्सप्रेस

नेपालगन्ज- भारतमा सवारी दुर्घटनामा हुँदा बाँकेको नेपालगन्जस्थित त्रिभुवनचोकका दुई परिवारका ६ जनाको शनिबार मृत्यु भएको छ ।

भारतको उत्तर प्रदेशको श्रावस्ती जिल्लामा कार दुर्घटना हुँदा नेपालगन्जका ६ जनाको मृत्यु भएको हो ।

दुर्घटनामा परी त्रिभुवनचोकका वैभव गुप्ता, उनकी पत्नी दीपिका गुप्ता, ५ वर्षकी छोरी वैभवी गुप्ता र ९ महिनाकी छोरी श्रेया गुप्ताको मृत्यु भएको हो ।

यसैगरी त्रिभुवन चोककै निलान्स गुप्ता र उनकी बहिनी नीति गुप्ताको पनि श्रावस्तीकै एकाउन्न भन्ने स्थानमा शनिबार राति भएको सवारी दुर्घटनामा मृत्यु भएको हो ।

Logo