‘भाइरल मन्त्री’ले लुम्बिनी विकास कोषमा ल्याए विवादास्पद ल्यारक्याल

‘भाइरल मन्त्री’ले लुम्बिनी विकास कोषमा ल्याए विवादास्पद ल्यारक्याल

काठमाडौं एक्सप्रेस

काठमाडौं- लुम्बिनी विकास कोषको उपाध्यक्षमा डा. ल्हारक्याल लामा नियुक्त भएका छन् ।

विवादास्पद पृष्ठभूमिका लामालाई चार वर्षका लागि लुम्बिनी विकास कोषमा महत्वपूर्ण राजनीतिक नियुक्ति दिलाइएको हो । भाइरल मन्त्रीको रुपमा परिचित संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीको प्रस्तावमा मन्त्रिपरिषद् बैठकले लामालाई कोषको उपाध्यक्ष नियुक्त गरिएको हो ।

लामा पूर्व राज्यमन्त्री तथा तत्कालीन संविधानसभा सदस्य हुन् । उनी ठगी तथा हातहतियार सम्बन्धी अपराधमा पटक-पटक पक्राउ पर्ने गरेका थिए ।

नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य समेत रहेका उनलाई पाँच वर्षका लागि मन्त्रिपरिषद्ले नियुक्त गरेको हो ।

कोषका उपाध्यक्ष अवधेश कुमार त्रिपाठीको कार्यकाल १० साउनमा पूरा भएसँगै सरकारको कोषमा नयाँ उपाध्यक्ष नियुक्त गरेको हो ।

२०६४ सालमा एमालेबाट लामा एमालेबाट संविधानसभा सदस्य भएका थिए ।

एमाले अध्यक्ष झलनाथ खनालको सरकारमा अर्थ राज्यमन्त्री बनेपछि दोहोरो नागरिकता, दोहोरो पासपोर्ट लगायत विवादमा मुछिएर २०६७ फागुनमा अर्थ राज्यमन्त्रीबाट राजीनामा दिनुपरेको थियो । २०७० सालमा लामा माओवादीबाट सांसद भएका थिए ।

दोहोरो नागरिकता र राहदानी विवादमा आलोचित लामा वैदेशिक रोजगारका लागि मकाउ पठाइदिने भन्दै म्यानपावर सञ्चालक र सयौं युवासँग करोडौं ठगी गरेको मुद्दाका समेत ‘फरार आरोपी’ थिए ।

Logo