काठमाडौंमा भारी वर्षा, ११ बजेसम्म सतर्कता अपनाउन आग्रह

काठमाडौंमा भारी वर्षा, ११ बजेसम्म सतर्कता अपनाउन आग्रह

काठमाडौं एक्सप्रेस

काठमाडौं- काठमाडौं मंगलबार बिहानदेखि भारी वर्षा भइरहेको छ । बाढी पूर्वानुमान महाशाखाले बाढीको सतह बढ्दो क्रममा रहेकाले आज बिहान ११ बजेसम्म सतर्कता अपनाउन आग्रह गरेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार काठमाडौं उपत्यकाका बुढानीलकण्ठ, सुन्दरीजल, नगरकोट र आसपास भारी वर्षा भएको छ । वर्षाका कारण विष्णुमती, धोबीखोला, मनोहरा लगायतमा जलसतह बढ्दो छ ।

महाशाखाले नदी तटीय क्षेत्रहरूमा रहनेहरूलाई र किनारको सडकबाट यात्रा गर्नेहरूलाई आज बिहान ११ बजेसम्म उच्च सतर्कता अपनाउन आग्रह गरेको हो ।

Logo