बढुवाका लागि कर्मचारी संघको ज्ञापनपत्र

बढुवाका लागि कर्मचारी संघको ज्ञापनपत्र

काठमाडौं एक्सप्रेस

काठमाडौं- राष्ट्रिय खेलकुद परिषद् कर्मचारी संघले लामो समयदेखि रोकिएको कर्मचारीको बढुवाका सम्बन्धमा युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद् (राखेप) लाई मंगलबार ज्ञापन पत्र बुझाएको छ ।

कर्मचारी संघले युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बू, खेलकुद मन्त्रालयका सचिव रविलाल पन्थ र राखेपका सदस्य–सचिव टंकलाल घिसिङलाई ज्ञापन पत्र बुझाएको हो ।

कर्मचारी संघकी अध्यक्ष सरस्वती भण्डारीले मन्त्री लिम्बू, सचिव पन्थ र सदस्य–सचिव घिसिङलाई ज्ञापन पत्र बुझाएकी थिइन् ।

कर्मचारी संघका महासचिव कुमार बस्नेतले लामो समयदेखि रोकिएको कर्मचारीको बढुवा प्रकृया यथाशीघ्र सम्पन्न गर्नु पर्ने माग गरे ।

ज्ञापन पत्र बुझ्ने क्रममा मन्त्री लिम्बू, सचिव पन्थ र सदस्य–सचिव घिसिङले बढुवा प्रकृयामा रहेका बाधा अड्चन फुकाव गरी प्रकृया अगाडि बढाउन सकारत्मक रहेको बताए ।

Logo