सहमतिका लागि सभामुखको अभूतपूर्व पहल

सहमतिका लागि सभामुखको अभूतपूर्व पहल

काठमाडौं एक्सप्रेस

काठमाडौं- सभामुख देवराज घिमिरेले राजनीतिक सहमतिका लागि अभूतपूर्व पहल गरिरहेका छन् ।

सभामुख घिमिरेले सुन प्रकरणलाई लिएर सदनको अवरोध खुलाउन पहल गरिरहेका छन् । तर, सरकार तथा विपक्षीको अडानले सहमति भएको छैन ।

सुन प्रकरणलाई लिएर साउन १० गते अबरुद्ध संसद खुलाउन सत्ता पक्षले कुनै पहल लिएन । विपक्षी नेकपा एमाले पनि अडानबाट तलमाथि भएको छैन ।

सभामुखले शीर्ष तहमा तीन वटा बैठक राखे पनि निकास निस्किएको छैन । उनले बुधबार बिहान साढे ११ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् ।

Logo