कानूनमन्त्री गुरुङको स्वास्थ्यमा क्रमिक सुधार

कानूनमन्त्री गुरुङको स्वास्थ्यमा क्रमिक सुधार

काठमाडौं एक्सप्रेस

प्रतिनिधिसभाकाे मङ्गलबारकाे बैठकमा विनियाेजन विधेयक २०८० सम्बन्धी सांसदहरूले उठाएका प्रश्नहरुको जवाफ दिनुहुँदै कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरूङ। तस्बिरः रत्न श्रेष्ठ / रासस

काठमाडौँ, २६ साउन : नेपाली कांग्रेसका उपसभापति एवं कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङको स्वास्थ्यमा क्रमिक सुधार हुँदै गएको छ ।

बिहीबार बिहान एक्कासि रक्तचाप घटेपछि महराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना हुनुभएका गुरुङको स्वास्थ्यमा क्रमिक सुधार हुँदै गएको हो ।

मन्त्री गुरुङका स्वकीय सचिव प्रेमप्रकाश केसीले मुटुको चाप तलमाथि भइरहेकाले ‘हल्टर मोनिटर’ लगाएर ‘अब्जर्वेशन’ भइरहेको जानकारी दिनुभयो । मन्त्री गुरुङलाई हाल मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरका निर्देशक डा रत्नमणि गजुरेल नेतृत्वको टोलीले उपचार गरिरहेको छ ।

Logo