प्रधानमन्त्री दाहाल चितवनमा

प्रधानमन्त्री दाहाल चितवनमा

काठमाडौं एक्सप्रेस

चितवन, २६ साउन : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ गृह जिल्ला चितवन आउनुभएको छ । प्रधानमन्त्री दाहाल आज साँझ चितवन आइपुग्नुभएको हो ।

प्रधानमन्त्री दाहालकी छोरी एवं भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालका अनुसार प्रधानमन्त्री दाहाल दुई दिनसम्म चितवनमा रहनुहुनेछ । प्रधानमन्त्री दाहालको आज साँझसम्म पारिवारिक भेटघाट बाहेक अन्य कार्यक्रम तय नभएको उहाँको भनाइ छ ।

प्रधानमन्त्री दाहाल शनिबार पनि भरतपुर महानगरपालिका–१४ भीमसेननगरस्थित आफ्नै निवासमा बस्नु हुनेछ । श्रीमती सीता दाहालको निधनपछि प्रधानमन्त्री दाहाल पहिलो पटक चितवन आउनुभएको हो ।

Logo