सुन तस्करसँग पूर्वसभामुख महराको २२ र छोराको २३४ पटक फोन संवाद

सुन तस्करसँग पूर्वसभामुख महराको २२ र छोराको २३४ पटक फोन संवाद

काठमाडौं एक्सप्रेस

काठमाडौं- माओवादी उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरा र उनका छोरा राहुलको ९ किलो सुन भित्र्याउने तस्करसँगको सम्बन्ध पुष्टि भइसक्दासमेत अनुसन्धान नहुँदा सरकार तथा खासगरी गृह प्रशासन र अनुसन्धानकारी निकायमाथि नै अविश्वास पैदा भएको छ ।

महरा र उनका छोराको सुन तस्करीमा संलग्न चिनियाँ गिरोहसँग पटक–पटक टेलिफोन संवाद भएको सरकारी अनुसन्धानबाटै पुष्टि भइसकेको छ । अनुसन्धान र अभियोजनमा संलग्न स्रोतका अनुसार कृष्णबहादुरको छोरा निर्मलका नाममा रहेको मोबाइलबाट तस्करीमा संलग्न हाल फरार चिनियाँ नागरिक लुई हानसोङसँग ११ पटक सम्पर्क भएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले किटान गरेर प्रतिवेदन तयार पारेको छ ।

सुन तस्कर दाओजिन वाङले पनि महरालाई ११ पटक फोन सम्पर्क गरेका थिए । त्यही बेला महराको अर्का छोरा राहुलसँग २८ पटक फोन सम्पर्क भएको देखिन्छ ।

थप समाचारका लागि कान्तिपुर दैनिकको यो लिंक क्लिक गर्नुहोस्

Logo