निर्माण व्यवसायीलाई गिरफ्तार गर्नु सरकारको अधिनायकवाद : बर्तौला

निर्माण व्यवसायीलाई गिरफ्तार गर्नु सरकारको अधिनायकवाद : बर्तौला

काठमाडौं एक्सप्रेस

काठमाडौं- नेकपा एमालेका सचेतक महेश बर्तौलाले निर्माण व्यवसायीलाई गिरफ्तार गर्नु सरकारको अधिनायकवाद भएको प्रतिक्रिया दिएका छन् ।

ललितपुरको जावलाखेलस्थित सिंचाइ विभागमा तालाबन्दी गरेर धर्नामा बसेका निर्माण व्यवसायीहरुलाई प्रहरीले आइतबार नियन्त्रणमा लिएको छ । तालाबन्दी गरिसकेर धर्नामा बसेका बेला प्रहरीले धरपकड गरेको नेपाल निर्माण व्यवसायी महासंघका महासचिव रोशन दाहालले जानकारी दिए ।

सचेतक बर्तौलाले भने, ‘सार्वजनिक निर्माण कार्य गरे बापत सरकारबाट पाउनुपर्ने अर्बौं रकमको माग गर्दै शान्तिपूर्ण आन्दोलनमा रहेका निर्माण ब्यवसायीमाथि आज चरमदमन र दर्जनौंलाई गिरफ्तार गर्नु सरकारको अधिनायकवाद हो। सबैले बिरोध गरौं ।’

सरकारले निर्माण व्यवसायीलाई ७० अर्ब रूपैयाँ भुक्तानी दिन बाँकी भएको नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले बताए । समयमा भुक्तानी नपाउँदा तोकिएको समयमा आयोजनाको काम नसकिएको उनको गुनासो छ। उनका अनुसार पुरानो भुक्तानी नै ५० अर्ब रूपैयाँ दिन बाँकी छ।

Logo