महालक्ष्मी ७ मा पनि डेंगु नियन्त्रण अभियान

महालक्ष्मी ७ मा पनि डेंगु नियन्त्रण अभियान

काठमाडौं एक्सप्रेस

ललितपुर– महालक्ष्मी नगरपालिका वडा नम्बर ७ मा पनि डेंगु नियन्त्रण अभियान चलिरहेको छ ।

वडा नम्बर ७ को चांगाथलीका विभिन्न क्षेत्रमा पुगेर जनचेतनामुलक अभियान सञ्चालन गरेको वडाध्यक्ष बाबुराजा महर्जनले जानकारी दिए । ‘लामखुट्टेको बासस्थान खोजी गरौं र नष्ट गरौं, डेंगु रोगबाट बचौं र बचाऔं’ भन्ने नारासहित र्याली आयोजना गरिएको वडाध्यक्ष महर्जनले बताए ।

अभियान निरन्तर सञ्चालन गरिने वडा कार्यालयले जनाएको छ ।

Logo