अनेरास्ववियु बानेश्वर क्याम्पस अध्यक्षमा ईन्द्रसिंह

अनेरास्ववियु बानेश्वर क्याम्पस अध्यक्षमा ईन्द्रसिंह

काठमाडौं एक्सप्रेस

काठमाडौं– एमाले निकट अनेरास्ववियुको बानेश्वर बहुमुखी क्याम्पस कमिटीको अध्यक्षमा ईन्द्रसिंह ठकुरी निर्वाचित भएका छन् ।

शुक्रबार भएको १० औं क्याम्पस कमिटी सम्मेलनबाट ठकुरीको नेतृत्वमा २३ सदस्यीय कार्यसमिति चयन भएको छ ।

सम्मेलनबाट उपाध्यक्षमा राजकुमार रोका, सचिवमा वीरेन्द्र बुढा, सहसचिवमा लवदेव भट्ट, युवराज गिरी र नविना राई तथा कोषाध्यक्षमा गायत्री उपाध्यक्ष निर्वाचित भए ।

सदस्यहरुमा भूवन खत्री, जनक पन्त, लोकेश महतारा, सविता बस्नेत, पूजा साह, विमल रायमाझी, कपिल खड्का, रामदेव भट्ट, गोविन्द जोशी, रोशन पाल, अनिशा घिमिरे, युवराज नेपाली, मदन बिक, पुष्पराज योगी र हिमाल खड्का चयन भएका छन् ।

अधिवेशनको उदघाटन अनेरास्ववियु केन्द्रीय उपाध्यक्ष धर्म गिरीले गरेका थिए ।

Logo