धार्मिक विभागहरूको पहिलो सञ्चार सम्मेलनमा भाग लिन अध्यक्ष अन्सारी साउदीमा

धार्मिक विभागहरूको पहिलो सञ्चार सम्मेलनमा भाग लिन अध्यक्ष अन्सारी साउदीमा

काठमाडौं एक्सप्रेस

काठमाडौं– मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले साउदी अरेबियाको मक्कामा आयोजना हुने विश्वभरका धार्मिक विभागहरूको पहिलो सञ्चार सम्मेलनमा भाग लिनुभएको छ ।

सम्मेलनमा सहभागी हुन अध्यक्ष अन्सारी दुई दिनअघि साउदी अरेबियाको मक्का पुग्नुभएको थियो । सम्मेलनमा ८० देशका प्रतिनिधि सहभागी रहेको अध्यक्ष अन्सारीले जानकारी दिनुभयो ।

सम्मेलनमा शिक्षा र विश्वशान्तिका सम्बन्धमा छलफल भएको छ । अध्यक्ष अन्सारीले सम्मेलनले इस्लामिक विद्वानहरूसँग एकअर्कासँगको एकीकरण र सहयोगद्वारा इस्लामिक लक्ष्यहरू प्राप्त गर्नमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो ।

अध्यक्ष अन्सारी साउदी अरेबियाका इस्लामिक मामिला र मार्गदर्शन मन्त्रालयका महामहिम अब्दुललातिफ बिन अब्दुल अजीज अल शेखको निमन्त्रणमा मक्का पुगेका हुन् ।

Logo