हज यात्राका लागि आवेदन माग

हज यात्राका लागि आवेदन माग

काठमाडौं एक्सप्रेस

काठमाडौँ- सन् २०२४ को हज यात्राका लागि आवेदन माग गरिएको छ । नेपाल हज समितिले सूचना जारी गर्दै हज यात्राका लागि आवेदन मागेको हो ।

सन् २०२४ (हज १४४५) का लागि नेपालबाट १२ सयजना इस्लाम धर्मावलम्वीहरूका लागि हज गर्न सक्ने गरी साउदी अरब सरकारबाट कोटा आएको छ ।

आजदेखि असोज ३० गतेसम्म एक लाख ५० हजार रुपैयाँ जम्मा गरेर आवेदन दिन समितिले आग्रह गरेको छ । आवेदन आफ्नो स्थायी ठेगाना रहेको जिल्ला प्रशासन कार्यालयमा पहिलो किस्तासहित बुझाउनु पर्ने समितिले जनाएको छ ।

Logo