साउदीमा उच्चस्तरीय भेटघाटमा अन्सारी, इस्लामिक मामिला मन्त्रीलाई भ्रमणको निम्तो

साउदीमा उच्चस्तरीय भेटघाटमा अन्सारी, इस्लामिक मामिला मन्त्रीलाई भ्रमणको निम्तो

काठमाडौं एक्सप्रेस

काठमाडौं- साउदी भ्रमणमा रहेका मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले त्यहाँका इस्लामिक मामिला, दावा र मार्गदर्शन मन्त्री डा अब्दुललातिफ बिन अब्दुलअजीज अल शेखसँग शिष्टाचार भेट गरेका छन् ।

साउदी अरेबियाको मक्कामा आयोजना भएको विश्वभरका धार्मिक विभागहरूको पहिलो सञ्चार सम्मेलनमा भाग लिन पुगेका अध्यक्ष अन्सारीले आइतबार मन्त्री अल शेखसँग भेट गरेका हुन् ।

भेटमा दुई देशबीच सम्बन्ध सुमधुर बनाउने विषयमा छलफल भएको अन्सारीले बताए । उनका अनुसार भेटमा नेपाली विद्यार्थीहरुका लागि छात्रृवत्ति लगायतका विषयमा पनि छलफल भएको छ ।

भेटमा अध्यक्ष अन्सारीले नेपाल भ्रमणका लागि दिएको निमन्त्रणा मन्त्री शेखले स्वीकार गरेका छन् ।

Logo