महराको मुद्दा अघि नबढ्ने

महराको मुद्दा अघि नबढ्ने

काठमाडौं एक्सप्रेस

काठमाडौं- सुन तस्कर मुद्दामा पूर्वसभामुख कृष्णबहादुर महरा र उनका छोरा राहुल महराको संलग्नताबारेको छानबिन नटुंगिएको सरकारले बताएको छ । गृहमन्त्री नारायणकाजी श्रेष्ठले फोनलाई मात्रै आधार मानेर कृष्णबहादुर महरालाई दोषी करार गर्न नसकिने बताएका छन् ।

गृह स्रोतका अनुसार महरा बाबुछोराको मुद्दा तत्काललाई अघि नबढ्ने भएको छ । बालुवाटारमा बसेको गठबन्धनको बैठकमा नेताहरूले सुन तस्करीमा महरा र उनका छोरा राहुलको पनि नाम मुछिएकोबारे जिज्ञासा राखेका थिए ।

गृहमन्त्री श्रेष्ठले फोनलाई मात्रै आधार मानेर दोषी करार नमिल्ने बताएको नेकपा (एकीकृत समाजवादी) का उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले जानकारी दिए ।

Logo