महालक्ष्मीमा लामखुट्टे ‘खोज र नष्ट गर’ अभियान निरन्तर (फोटो फिचरसहित)

महालक्ष्मीमा लामखुट्टे ‘खोज र नष्ट गर’ अभियान निरन्तर (फोटो फिचरसहित)

काठमाडौं एक्सप्रेस

ललितपुर- महालक्ष्मी नगरपालिकाले डेङ्गु सार्ने लामखुट्टे र त्यसको लार्भा तथा प्युपा खोजेर नष्ट गर्ने अभियानलाई निरन्तरता दिएको छ ।

अभियानमा मेयर हरिगोविन्द श्रेष्ठ, उपमेयर लक्ष्मी महर्जनको नेतृत्वमा वडाध्यक्षहरु, कार्यपालिका सदस्यहरु, वडा सदस्यहरु, स्वास्थ्य शाखाका अधिकारीहरु र स्वयंसेवक परिचालन गरिएको छ ।

डेंगु नियन्त्रणका लागि महालक्ष्मी नगरपालिकाले सुरु गरेको अभियानमा मेयर श्रेष्ठ र उपमेयर महर्जन निरन्तर सहभागी भएका छन् ।

अभियानमा बागमती प्रदेशका उद्योग तथा सामान्य प्रशासन मन्त्री रामकृष्ण चित्रकारले पनि नगरका गतिविधिमा साथ दिएका थिए ।

वर्षायाम सँगै देशभर डेंगु रोगको प्रकोप बढ्दै गइरहेको अवस्थमा महालक्ष्मी नगरपालिकाले रोकथाम र नियन्त्रणका लागि साउन १५ गतेदेखि वडास्तरमा अभियान चलाइरहेको छ । लामखुट्टेको बासस्थान खोज र नष्ट गर अभियान १० वटै वडामा सञ्चालन भएको नगरपालिकाकाले जनाएको छ ।

डेंगु रोगको अभिमुखिकरणपछि सबै वडाहरुमा जनप्रतिनिधि, वडास्तरीय आरआरटी टिम, महिला स्वास्थ्य स्वयंसेविका, समाजसेवी, बुद्धिजीवी, टोल सुधार समितिहरु परिचालित भई खोज र नष्ट गर अभियान सञ्चालन भइरहेको छ ।

Logo