काठमाडौं- ग्लोबल आईएमई बैंक वित्तीय क्षेत्रमा अलग पहिचान बनाउन सफल बैंक हो । यो बैंक अहिले चुक्ता पूँजी, शाखा सञ्जाल लगायत सूचकका आधारमा मुलुककै ठूलो बैंक बनेको छ ।
विभिन्न चुनौती र अवसरका भिडमा ग्लोबल आइएमई बैंकले आफलाई सफल बैंकको रुपमा चिनाउन सफल बनेको छ ।
बैंकले गत आर्थिक वर्ष ०७९÷८० मा पाँच अर्ब ४३ करोड ४४ लाख रुपैयाँ कर तिरेको हो । हाल बैंकको कुल पुँजी ५८ अर्ब ६८ करोड रुपैयाँ छ भने चुक्ता पुँजी ३५ अर्ब ७७ करोड रुपैयाँ छ । बैंकले गत आर्थिक वर्षमा सात अर्ब २५ करोड रुपैयाँ नाफा आर्जन गरेको छ ।
सबैका लागि बैंक भन्ने नाराका साथ बैंकले स्थापनाको छोटो समयमै आफूलाई एक उत्कृट, सबल र विश्वसनीय बैंकका रूपमा स्थापित गरिसकेको दाबी गरेको छ । कुल पुँजी तथा चुक्ता पुँजीका आधारमा नेपालको सबैभन्दा ठूलो बैंक रहेको उल्लेख छ ।
राजस्व संकलन काउन्टरका साथै बेलायतको लन्डन, भारतको नयाँदिल्ली र अस्ट्रेलियाको सिड्नीमा गरी तीनवटा वैदेशिक सम्पर्क कार्यालयमार्फत सेवा दिइरहेको जनाएको छ ।
नेपालको समस्या बचत नगरी अनावश्यक खर्च गर्नेमा छ । नेपाल भित्रिएको खर्बौ विप्रेषण रकम अनुत्पादक क्षेत्रमा र मुख्यतः विलासिताका सामान खरिदमा खर्च भइरहेको छ । यसकारण ग्लोबल आइएमई बैंकले जनतालाई कसरी बैंकिङ्ग प्रणालिमा आबद्ध गराउने र बचत गर्न सिकाउने भन्नेतर्फ केन्द्रित रहेको छ ।
२०६३ सालमा ‘क’ वर्गको कारोबार इजाजत प्राप्त गरी सञ्चालनमा आएको ग्लोबल बैंक लिमिटेडले २०६९ सालमा साबिकको आइएमई फाइनान्सियल इन्स्टिच्यूसन लिमिटेड तथा लर्ड बुद्ध फाइनान्स लिमिटेडलाई गाभ्दै ग्लोबल आइएमई बैंक लिमिटेड बनेको हो । बैंकले हालसम्म २१ वटा बैंक तथा वित्तिय संस्थाहरुलाई गाभेको छ ।
मुलुकभित्र मात्र नभई मुलुक बाहिर पनि यस बैंकले वैदेशिक प्रतिनिधि कार्यालय र अन्य बैंक तथा वित्तीय संस्थाहरूसँग साझेदारी गर्दै आफ्ना ग्राहकहरूलाई सेवा दिँदै आएको छ । बैंकका बेलायतको लण्डन, भारतको नयाँ दिल्ली र अष्ट्रेलियाको सिड्नीमा गरी ३ वटा वैदेशिक सम्पर्क कार्यालयहरू रहेका छन् ।
साथै, बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङ लगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पुर्याउँदै आइरहेको छ ।
१ वटा बैंक तथा वित्तीय संस्थाहरूको मर्जर तथा एक्विजिसनबाट बनेको यो बैंक नेपाल सरकार तथा नेपाल राष्ट्र बैंकको ठूला, सबल र उत्कृष्ट बैंकिङ्ग प्रणाली विकास गर्ने योजना कार्यान्वयनमा पनि सधै अग्रस्थानमा रह्यो ।
यसरी बैंकले १,१०० भन्दा बढी सेवा केन्द्रबाट ४० लाख भन्दा बढी ग्राहकहरू माझ सेवा प्रदान गरिरहेको छ । ग्लोबल आइएमई बैंकमा ४ हजार बढी कर्मचारी रहेका छन् ।
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल यस बैंकको सञ्चालक समितिका अध्यक्ष हुन् । ’सबैका लागि बैंक’ भन्ने नारालाई आत्मसाथ गरेको यो बैंकले स्थापनाको छोटो समयमै आफूलाई एक उत्कृट, सबल र विश्वसनीय बैंकको रुपमा स्थापित गरिसकेको छ ।
बैंकले दिगो आर्थिक विकासका क्षेत्रमा पनि लगानी बढाएको छ । बचतकर्ताको पैसाले ब्याज मात्रै कमाउँदैन, दिगो आर्थिक विकास पनि गर्छ भन्ने मान्यता बैंकले अगाडी सारेको छ । बैंकले डिजिटल बैंकिङ्गमा पनि उत्तिकै ध्यान दिएको छ । नेपालको कर्पोरेट बैंकिङ्ग एवम् सुशासनमा ग्लोबल आइएमई बैंक अरूभन्दा धेरै माथि छ । नेपालमा मोबाइल बैंकिङ्गको प्रयोग बढ्दै गएको छ । बैंकको वित्तीय स्रोत व्यवस्थापन विभागले सबै शाखाहरुसँग प्रत्यक्ष रुपमा अन्र्तक्रिया गर्दै उनीहरुको कार्यसम्पादनको समीक्षाका साथै सल्लाह सुझाव र आवश्यक प्राविधिक सहायता पनि प्रदान गरिरहेको पाइन्छ ।
वैकल्पिक डिजिटल सेवाहरुको विकास र सेवाप्रवाहमार्फत् ग्राहकलाई सहजीकरण गर्नु र ग्लोबल आइएमई बैंकसँग कारोबारका लागि प्रोत्साहित गर्नु बैंकको मुख्य प्राथमिकताका विषय हुन ।
ग्लोबल आइएमई बैंकले डिजिटल काउन्टरको अवधारणा कार्यान्वयनमा ल्याउन नमुना चरणमा परियोजना अघि बढाइसकेको छ । यसका साथै बैंकको उपस्थिति सशक्त बनाउन व्यवसायिक प्रस्तावहरुप्रति कुनै सीमा राखेको छैन । रेमिट्यान्स सटही, नयाँ शाखा, शाखारहित बैंकिङ्ग लगायतका सेवाहरुलाई बैंकले राम्रोसँग प्रवाह गरिरहेको पाइन्छ । सामाजिक रुपमा उत्तरदायी बैंक हुनुको नाताले, ग्लोबल आइएमई बैंकले आफूमा मानवीय व्यवहार एवम् वातावरण तथा समाजको सेवामा प्रतिवद्ध बैंकको रुपमा प्रस्तुत भएको छ ।
कुशल र मेहेनती सञ्चालक समिति, अनुभवी र जोशीला उच्च व्यवस्थापनको कारणले गर्दा बैंक यतिबेला देशकै सफल बैंक बन्न पुगेको छ ।
“क” वर्गको लाइसेन्स पाएर सन् २००७ मा “सबैको लागि बैंक” भन्ने मूल नाराका साथ स्थापित ग्लोबल बैंक हाल २३ अर्ब ७९ करोड चुक्ता पुँजी भएको बैंक भएको छ । प्रक्रियामा रहेको बैंक अफ काठमाण्डूसँगको मर्जर पश्चात नयाँ बन्ने बैंकको चुक्ता पुँजी ३५ अर्ब ७७ करोड रुपैयाँ ।
मर्जर किङ्गको रुपमा चिनिने ग्लोबल आइएमई बैंकको मर्जर इतिहास निकै सबल रहेको छ ।
बैंकले बीरगञ्जबाट कारोवार सुरु गरी छोटो समयमा नै काठमाडौंको कान्तिपथमा कर्पोरेट अफिस र मुख्यशाखा कार्यालय र बाग्लुङ्गको बाग्लुङ्ग नगरपालिका क्षेत्रमा थप एक शाखा कार्यालय स्थापना गरी कारोवार सञ्चालन गरेको थियो ।
अहिलेसम्म आउँदा देशका ७७ जिल्लामा बैंकले शाखा कार्यालय खोलिसकेको छ ।
यस्तै, यतिबेला विश्वभर नै बैंकिङ सुरक्षाको प्रश्न उठिरहेको छ । बैंक विश्वासको व्यापार हुने क्षेत्र पनि हो । सुरक्षित महसुस नभएमा लगानीकर्ता र निक्षेकपर्ताको विश्वास पनि टुट्छ । यस्तोमा ग्लोबल आइएमई बैंक सुरक्षा प्रणालीमा अत्यन्तै सचेत देखिन्छ । निक्षेपकर्ताको पैसा सुरक्षित राख्ने दायित्वसँगै अर्कोतिर बैंकले आम जनमानसको सुनिश्चित भविष्यको बारेमा पनि ख्याल गरेको पाइन्छ । यो बैंक सुरक्षाका लागि दुई–चार करोडको लोभमा फसेको छैन । केही रकम लोभ गर्दा ठूलो नोक्सानी व्यहोर्ने पक्षमा पनि बैंक छ ।
पछिल्लो समयमा ग्लोबलले आफ्नो सेवाको दायरा बढाउनको लागि देशमा मात्र होइन, बाहिरी मुलुकमा पनि सेवा विस्तार गर्ने क्रममा बिभिन्न रणनीति बनाएको छ । हाल यस बैंकको सम्पर्क कार्यलयहरु भारत, बेलायत, अष्टे«लियामा रहेको छ । भने अबको केहि समयमा नै अन्य मुलुकहरुमा पनि क्रमिकरुपमा शाखा खोल्ने योजना रहेको छ ।
प्रतिक्रिया