महालक्ष्मी वडा नम्बर ५ द्वारा एसईई उत्तीर्ण विद्यार्थीलाई सम्मान

महालक्ष्मी वडा नम्बर ५ द्वारा एसईई उत्तीर्ण विद्यार्थीलाई सम्मान

काठमाडौं एक्सप्रेस

ललितपुर- महालक्ष्मी नगरपालिका वडा नम्बर ५ ले आफ्नो वडाबाट एसईई उत्तीर्ण विद्यार्थीहरुलाई बधाई तथा सम्मान गरेको छ ।

शनिबार टिकाथलीमा वडाध्यक्ष कपिल केसीको सभापतित्व तथा बागमती प्रदेशका पूर्वस्वास्थ्य मन्त्री रामेश्वर श्रेष्ठको प्रमुख आतिथ्यतामा एसईई उत्तीर्ण विद्यार्थीलाई सम्मान गरिएको हो । कार्यक्रममा वडा नम्बर ५ का ५ वटा विद्यालयबाट एसईई उत्तीर्ण विद्यार्थीलाई सम्मान गरिएको वडाध्यक्ष केसीले जानकारी दिए ।

कार्यक्रममा सम्बोधन गर्दै पूर्वमन्त्री श्रेष्ठले आफू महालक्ष्मीको मेयर रहँदा शिक्षा सुधार्न विभिन्न कार्यक्रमहरु सुरु गरेको स्मरण गरे । उनले विद्यालयसँग कार्यसम्पादन सम्झौता गरी विद्यालय तहको शिक्षा सुधार्न गरेको प्रयास अहिले पनि भइरहेको विश्वास व्यक्त गरे ।

कार्यक्रममा वडाध्यक्ष केसीले एसईई उत्तीर्ण विद्यार्थीको उज्जवल भविष्यको कामना गरे । उनले विद्यार्थीहरुलाई वडा सरकार के हो भन्ने जानकारी गराउन पनि कार्यक्रम आयोजना गरेको जानकारी दिए ।

कार्यक्रममा वडानम्बर ७ का वडाध्यक्ष बाबुराजा महर्जन र नगर शिक्षा शाखा प्रमुख चिरञ्जिवी पौडेलले पनि सफल विद्यार्थीहरुलाई बधाई ज्ञापन गरे ।

कार्यक्रममा नेपाली कांग्रेसका महालक्ष्मी नगर समिति सभापति दिवाकर सिलवाल, वडा सभापति सूर्यमान बस्नेत लगायतको उपस्थिति थियो ।

Logo