औषधि व्यवसायी संघको उपाध्यक्षमा अधिकारीको उम्मेदवारी घोषणा

औषधि व्यवसायी संघको उपाध्यक्षमा अधिकारीको उम्मेदवारी घोषणा

काठमाडौं एक्सप्रेस

काठमाडौं— नेपाल औषधि व्यवसायी संघको केन्द्रीय उपाध्यक्ष (थोक)मा पोखराका टंक अधिकारीले उम्मेदवारी घोषणा गरेका छन् ।

अधिकारी वर्तमान कार्यसमितिमा केन्द्रीय सदस्य रहेका छन् ।

वीरगन्जमा भदौ २२ र २३ गते हुने राष्ट्रिय महाधिवेशनमा व्यवसायीका समस्या तत्काल निराकरण गर्ने मुद्दासहित अधिकारीले उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेका हुन् ।

अधिकारी २०६२ सालमा नै केन्द्रीय सदस्य रहेर जिम्मेवारी निर्वाह गरेका थिए ।

अधिकारी औषधि व्यवसायमा तीन दशकदेखि क्रियाशील छन् ।

Logo