कोसी प्रदेशका मुख्यमन्त्री थापाविरुद्धको रिटमा आज सुनवाइ हुने

कोसी प्रदेशका मुख्यमन्त्री थापाविरुद्धको रिटमा आज सुनवाइ हुने

काठमाडौं एक्सप्रेस

उद्धव थापा

काठमाडौँ- कोसी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले गैर संवैधानिक तरिकाले विश्वासको मत लिएको भन्दै नेकपा एमालेले दायर गरेको रिटमा आज सुनवाइ हुने भएको छ ।

सभाध्यक्षको मतसहित विश्वासको मत लिएको भन्दै मुख्यमन्त्री थापा नेतृत्वको सरकार बर्खास्त गर्न अन्तरिम आदेशको माग गर्दै सर्वोच्च अदालतमा दायर गरिएको रिटमा आज सुनुवाइ हुन लागेको हो ।

कोसी सरकारका पूर्व मुख्यमन्त्री समेत रहनुभएका नेकपा एमाले संसदीय दलका नेता हिकमतकुमार कार्कीले दायर गर्नुभएको रिटमा सर्वोच्च अदालतमा आज नै सुनुवाइ गर्ने गरी पेशी तोकिएको छ ।

प्रदेशसभाका सभाध्यक्षले समेत मतदान गरी विश्वासको मत लिनु संविधान र सर्वोच्च अदालतको आदेश विपरीतको कार्य भएको भन्दै एमाले कोसी प्रदेशसभा संसदीय दलका नेता कार्कीले परमादेशको माग गर्दै बुधवार सर्वोच्चमा रिट दर्ता गराउनुभएको थियो ।

Logo