महालक्ष्मी नगरपालिका : स्वास्थ्य कार्यक्रमको समीक्षा सम्पन्न

महालक्ष्मी नगरपालिका : स्वास्थ्य कार्यक्रमको समीक्षा सम्पन्न

काठमाडौं एक्सप्रेस

काठमाडौं- महालक्ष्मी नगरपालिका ललितपुरका मेयर हरिगोविन्द श्रेष्ठको अध्यक्षतामा आर्थिक वर्ष ०७९/०८० को सम्पादित स्वास्थ्य कार्यक्रमको समीक्षा कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा मेयर श्रेष्ठले सम्पादित स्वास्थ्य कार्यक्रमहरूको समीक्षा गर्नु धेरै राम्रो हुने बताए । उनले प्रत्येक स्वास्थ्य संस्थाहरूले चौमासिक रूपमा वडा तहमा आफूले गरेका स्वास्थ्यका सुचकाङ्कहरू तथा उपलब्ध स्वास्थ्य सेवा र सुविधाहरू जनतालाई जानकारी गराउन निर्देशन दिए ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत रूद्रलाल भुसाल, सामाजिक विकास समितिका संयोजक बाबुराजा महर्जन, स्वास्थ्य शाखा हिमलाल ज्ञवाली, शिक्षा शाखा प्रमुख चिरञ्जीवी पौडेल लगायतको उपस्थिति थियो ।

Logo