काठमाडौं- केही दिनअघि निधन भएका अभिनेता सारुक ताम्राकारका बुवा सानु ताम्राकारको निधन भएको छ ।
कलाकार तथा जादूगर समेत रहेका ताम्राकारको शनिबार नर्भिक अस्पतालमा उपचाकार क्रममा निधन भएको हो । केही महिना अघि उनका छोरा तथा कलाकार सारुक ताम्राकारले आत्महत्या गरेका थिए ।
७५ वर्षिया ताम्राकार मिर्गौलाो समस्याबाट पीडित थिए ।
शास्त्रीय नृत्यमा पारंगत ताम्राकारले दर्जनौँ नेपाली फिल्ममा अभिनय गरेका थिए ।
प्रतिक्रिया