विवेकशील साझा वागमती प्रदेश अध्यक्षमा अजित खड्का निर्वाचित

विवेकशील साझा वागमती प्रदेश अध्यक्षमा अजित खड्का निर्वाचित

काठमाडौं एक्सप्रेस

काठमाडौं- अजित खड्काको नेतृत्वमा १३ सदस्यीय प्रदेश समिति चयन गर्दै विवेकशील साझा पार्टीको वागमती प्रदेश अधिवेशन समापन भएको छ।

प्रदेश निर्वाचन आयोगका प्रमुख शंकर बञ्जाडेका अनुसार अध्यक्षमा अजित खड्का, उपाध्यक्षमा डिजेन बस्नेत, सचिवमा शकिल अहमद र कोषाध्यक्षमा दिलकुमार केसी निर्वाचित भएका हुन् ।

अधिवेशनले वागमती प्रदेश सदस्यमा प्रेमप्रसाद वस्ती, आशिष कार्की, पूर्णलाल श्रेष्ठ, बैकुण्ठ दाहाल, शारदा लक्ष्मी प्रधान, मधुसुदन कार्की, नरेन्द्र श्रेष्ठ, अशोक अधिकारी र भुषण कुमार श्रेष्ठलाई चयन गरेको छ।

प्रमुख बञ्जाडेका अनुसार निर्वाचनमा ‘नो भोट’ को पनि अभ्यास गरिएको थियो।

नव निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई प्रमाण पत्र वितरण एवं पद तथा गोपनियताको सपथ ग्रहण गराइएको प्रदेश अधिवेशन आयोजक समितिका संयोजक सुरज प्रधानले जानकारी दिए।

Logo