पाकिस्तानविरुद्धको खेलमा नेपाली टिमलाई सभामुखको शुभकामना

पाकिस्तानविरुद्धको खेलमा नेपाली टिमलाई सभामुखको शुभकामना

काठमाडौं एक्सप्रेस

काठमाडौं- सभामुख देवराज घिमिरेले आजदेखि सुरू हुने एसिया कप क्रिकेट प्रतियोगितामा पाकिस्तानविरुद्धको खेलमा रोहित पौडेलको नेतृत्वमा रहेको नेपाल टोलीलाई जीतका लागि शुभकामना व्यक्त गरेका छन् । सभामुखले शुभकामना सन्देशमार्फत नेपाली टिमलाई हौसला प्रदान गरेका हुन् ।

आजदेखि सुरू हुने एसिया कप क्रिकेट प्रतियोगितामा नेपालले पाकिस्तानसँग खेल्दैछ। घरेलु टिम पाकिस्तानसँग मुल्तानमा प्रतिस्पर्धा गरेसँगै नेपालले विभिन्न रेकर्ड बनाउनेछ ।

नेपालले पहिलोपटक एकदिवसीय वरीयताको शीर्ष स्थानमा रहेको टिमसँग खेल्न लागेको हो । यसअघि नेपालले आइसिसीका अरु स्थायी सदस्यविरूद्ध खेले पनि वरीयताको नम्बर एक टिमसँग भने एकदिवसीय खेल खेलेको थिएन।

औपचारिक रुपमा अन्तर्राष्ट्रिय क्रिकेट खेल्न थालेको २७ वर्षपछि नेपाललाई पाकिस्तानसँग एकदिवसीय खेल खेल्ने अवसर जुरेको हो।

सन् २०१४ को टी(२० विश्वकप नेपालले प्रतिस्पर्धा गरेको ठूलो प्रतियोगिता हो। टी(२० विश्वकप खेले पनि नेपालले एसिया कप भने खेल्न पाएको थिएन। नेपालले २०२३ को एसिया कपमार्फत् प्रतियोगितामा डेब्यू गर्दैछ।

Logo