कोशीमा फेरि नयाँ सरकार

कोशीमा फेरि नयाँ सरकार

काठमाडौं एक्सप्रेस

विराटनगर- कोशी प्रदेशको मुख्यमन्त्रीमा एमाले नेता हिक्मतकुमार कार्कीले शुक्रबार शपथ लिएका छन् । प्रदेश प्रमुख परशुराम खापुङले कार्कीलाई मुख्यमन्त्री नियुक्त गर्दै पद तथा गोपनीयताको शपथग्रहण गराएका हुन् ।

मुख्यमन्त्री कार्कीले शुक्रबार नै पाँच सदस्यीय मन्त्रिपरिषद् गठन गरेका छन् । मन्त्रीमा तीलकुमार मेन्याङ्बो, एकराज कार्की, पाँचकर्ण राई र राज्यमन्त्रीमा सिर्जना राईलाई नियुक्त गरेका हुन् ।

Logo