औषधि व्यवसायी संघको अध्यक्षमा खण्डेलवाल निर्वाचित

औषधि व्यवसायी संघको अध्यक्षमा खण्डेलवाल निर्वाचित

काठमाडौं एक्सप्रेस

वीरगन्ज- नेपाल औषधि व्यवसायी संघको अध्यक्षमा प्रकाशकुमार खण्डेलवाल निर्वाचित भएका छन् ।

वीरगन्जमा शनिबार भएको संघको १४ औं राष्ट्रिय अधिवेशनबाट खण्डेलवाल प्रतिद्वन्द्वी लोकहरि श्रेष्ठलाई १७ मतले हराउँदै अध्यक्षमा निर्वाचित भएका हुन् । खण्डेलवालले १ सय ४ मत ल्याउँदा श्रेष्ठले ८७ मत पाए ।

४३ वर्षदेखि औषधि व्यवसायमा संलग्न रहेका खण्डेलवाल २८ वर्षदेखि संघका विभिन्न पदमा रहेर काम गरेका थिए । उनी अघिल्लो कार्यसमितिमा वरिष्ठ उपाध्यक्ष थिए ।

संघको वरिष्ठ उपाध्यक्षमा रामप्रसाद खरेल निर्वाचित भएका छन् । खरेलले १४१ मत पाउँदा निकटतम प्रतिद्वन्द्वी निरञ्जनप्रसाद रिसालले ५१ मत पाए ।

यसैगरी उपाध्यक्ष (आयात)मा रामचन्द्र शर्मा, उपाध्यक्ष (थोक)मा टंकप्रसाद अधिकारी र उपाध्यक्ष (खुद्रा)मा यामनाथ पौडेल निर्वाचित भएका छन् ।

महासचिवमा श्रीधर खनाल, कोषाध्यक्षमा सम्राटमान जोशी, सचिवमा कृष्णबहादुर रोकाया निर्वाचित भए । उपकोषाध्यक्षमा भने कविराज कँडेल सर्वसम्मत भएका थिए ।

खुलातर्फको सदस्यहरुमा सरलाकुमारी विष्ट, बद्रिप्रसाद खनाल , कञ्चन शर्मा खतिवडा र भूवनेश्वर बुढामगर निर्वाचित भएका छन् ।

केन्द्रीय सदस्य (आयात)मा सुनिल लाखोटिया, केन्द्रीय सदस्य (थोक)मा गौतम गुप्ता र गयाप्रसाद कुश्मी र केन्द्रीय सदस्य (खुद्रा)मा प्रदीपकुमार दास र पृथ्वीबहादुर बम तथा केन्द्रीय सदस्य (महिला)मा कपिला जोशी सर्वसम्मत निर्वाचित भएका छन् ।

Logo