मदनकृष्णको देब्रे आँखाको मोतिविन्दुको शल्यक्रिया

मदनकृष्णको देब्रे आँखाको मोतिविन्दुको शल्यक्रिया

काठमाडौं एक्सप्रेस

वरिष्ठ नेपाली हाँस्य कलाकार तथा अभिनेता मदनकृष्ण श्रेष्ठको सोमबार तिलगंगा आँखा प्रतिष्ठानमा देब्रे आँखाको मोतिविन्दुको शल्यक्रिया गरिएको छ । डा.सन्दुक रुइत, डा.रिता गुरुङ्ग र डा.गोविन्द पौड्याल सहितको समूहले गरेको शल्यक्रियामा उहाँको आँखामा प्रतिष्ठानमै उत्पादित इन्ट्राकुलर लेन्स (मोतिविन्दु शल्यक्रिया पश्चात राखिने लेन्स) राखिएको छ । उहाँको दाहिने आँखाको मोतिविन्दुको शल्यक्रिया ३ महिना अगाडि गरिएको थियो।

Logo