सुवास नेम्वाङको निधन : एमाले महासचिवले रद्द गरे चीन भ्रमण कार्यक्रम

सुवास नेम्वाङको निधन : एमाले महासचिवले रद्द गरे चीन भ्रमण कार्यक्रम

काठमाडौं एक्सप्रेस

काठमाडौं, नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनका कारण पार्टी महासचिव शंकर पोखरेलले चीन भ्रमणको बाँकी कार्यक्रम रद्द गरेका छन् ।

चिनियाँ कम्युनिष्ट पार्टीको निमन्त्रणामा चीनमा भ्रमणमा रहेका महाचिव पोखरेल आफ्नो सम्पूर्ण पूर्व निर्धारित कार्यक्रम रद्द गरेको भ्रमण दलका सदस्य प्रेस चौतारी नेपालका उपाध्यक्ष राजेश राईले जानकारी दिए । ‘महासचिव कमरेड आजै छिङ्हाईको सिनिङ हुँदै छेन्दु भएर नेपाल फर्किनु हुनेछ । यसपछिको सम्पूर्ण कार्यक्रम रद्द भएको छ,’ उनले भने ।

टिकट पाएको अवस्थामा भ्रमण दलको सबै सदस्य पनि फर्किने निर्णय भएको एमाले स्थायी कमिटी सदस्य तथा विदेश विभाग प्रमुख राजन भट्टराईले जानकारी दिए ।

भट्टराईका अनुसार सबै भ्रमण दलको सदस्यको टिकटको व्यवस्थापनको प्रयास छ ।

Logo