नेम्वाङको अन्त्येष्टि आज, यस्तो छ शवयात्राको रुट

नेम्वाङको अन्त्येष्टि आज, यस्तो छ शवयात्राको रुट

काठमाडौं एक्सप्रेस

एमाले पार्टी कार्यालयमा संविधानसभाका अध्यक्ष एवम नेकपा (एमाले) का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको पार्थिव शरीरमा श्रद्धाञ्जलि अर्पण गर्दै पूर्व कानूनमन्त्री शिवमाया तुम्वाहाङ्फे

काठमाडौं- संविधानसभाका अध्यक्ष एवं नेकपा (एमाले)का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको आज राजकीय सम्मानका साथ अन्त्येष्टि गरिने भएको छ । उहाँको शवयात्रासहित पशुपति आर्यघाटमा बिहान ११ बजे राजकीय सम्मानका साथ अन्त्येष्टि हुँदैछ ।

नेकपा एमालेले नेम्वाङको शवयात्राको रुट पनि तय भएको जनाएको छ । एमाले केन्द्रीय प्रचार तथा प्रकाशन विभाग सचिव गगन विष्टका अनुसार उपाध्यक्ष नेम्वाङको शवयात्रामा सहभागी भई अन्तिम श्रद्धाञ्जली अपर्णका लागि बिहान ११ बजे निजी सवारीसाधन हुने शङ्खपार्क, धुम्बाराही र सवारीसाधन नहुनेहरू गौशाला (वडा प्रहरी कार्यालय अगाडि) पुग्नुपर्ने छ ।

शवयात्राको रुट उहाँको निजी निवास बालुवाटार–शिक्षण अस्पताल, महाराजगञ्ज–नारायणगोपाल चोक–धुम्बाराही–चाबहिल–गौशाला हुँदै पशुपति आर्यघाट रहेको एमालेले जनाएको छ ।

सरकारले नेम्वाङको राजकीय सम्मानका साथ अन्त्येष्टि गर्न सार्वजनिक बिदा दिने निर्णय गरेको छ । उहाँको सोमबार राति हृदयाघातबाट निधन भएको थियो ।

Logo