समवेदना दिन सभामुख घिमिरे नेम्वाङ निवासमा

समवेदना दिन सभामुख घिमिरे नेम्वाङ निवासमा

काठमाडौं एक्सप्रेस

काठमाडौं– सभामुख देवराज घिमिरेले दिवंगत संविधान सभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको परिवारलाई निवासमै पुगेर समवेदना प्रकट गर्नुभएको छ ।

घिमिरेले शनिबार दिउँसो बालुवाटारस्थित नेम्वाङ निवासमा पुगेर समवेदना प्रकट गर्नुभएको हो । उहाँले नेम्वाङका पुत्रद्वय मिङ्सो र सुहाङलाई भेटेर समवेदना प्रकट गर्नुभएको हो ।

सभामुखले नेम्वाङका परिवारजनलाई आफ्नो र प्रतिनिधि सभाको तर्फबाट समवेदना पत्र हस्तान्तरण समेत गर्नुभयो । संविधानसभा अध्यक्ष एवं पूर्वसभामुख नेम्वाङको भदौ २६ गते हृदयघातबाट निधन भएको थियो ।

सभामुखले नेम्वाङको तस्बिरमा माल्यार्पण गरेपछि त्यहाँ राखिएको शोक पुस्तिकामा लेख्नुभएको छ, ‘आदरणीय नेता, हामी सबैको प्रेरणा र आदर्श व्यक्तित्व, मेरो लामो समयदेखिको सहयात्री, इलामको उज्ज्वल तारा तपाईंको अधुरो योजनामा सबैले हिडेर साकार गर्ने प्रेरणा प्राप्त होस् भन्दै तपाईंप्रति श्रद्धाञ्जली र परिवारजनमा समवेदना व्यक्त गर्दछु ।’

Logo