सभामुख घिमिरे आयरल्याण्ड प्रस्थान

सभामुख घिमिरे आयरल्याण्ड प्रस्थान

काठमाडौं एक्सप्रेस

काठमाडौं– सभामुख देवराज घिमिरे तीन सदस्यीय प्रतिनिधि मण्डलको नेतृत्व गर्दै आइतबार साँझ आयरल्याण्ड प्रस्थान गर्नुभएको छ ।

आइरिस संसदको तल्लो सदन डोयल एरियनका सभामुख सान ओ फारगेलको निमन्त्रणामा सभामुख घिमिरे एक साताका लागि आयरल्याण्डको राजधानी डब्लिन प्रस्थान गर्नुभएको हो । सभामुखको भ्रमण टोलीमा प्रतिनिधि सभाका सचिव पद्मप्रसाद पाण्डेय र सभामुखका प्रमुख स्वकीय सचिव तेजप्रकाश भट्टराई रहनुभएको छ । आयरल्याण्डमा नेपाली राजदूतावास, लन्डनका द्वितीय सचिव रामबाबु नेपाल प्रतिनिधि मण्डलमा सहभागी हुनुहुनेछ ।

त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा संघीय संसद् सचिवालयका महासचिव डा. भरतराज गौतम लगायतका उच्च अधिकारीले सभामुखको टोलीलाई बिदाइ गरेको थियो ।

भ्रमणका क्रममा सभामुख घिमिरेले तल्लो सदन डोयल एरियनका सभामुख सान ओ फारगेल र माथिल्लो सदन सिनड एरियनका अध्यक्ष जेरी बटाइमरसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ । सभामुखले आयरल्याण्डमा रहँदा आइरिस सरकारका पदाधिकारीहरु तथा त्यहाँ बसोबास गर्ने नेपाली समूदायसँग पनि भेट्नु हुनेछ ।

औपचारिक भ्रमण पूरा गरी सभामुख नेतृत्वको टोली असोज ७ गते नेपाल फर्कने कार्यक्रम छ ।

Logo