पत्रकार इन्दिरा अर्याल पुरस्कृत

पत्रकार इन्दिरा अर्याल पुरस्कृत

काठमाडौं एक्सप्रेस

पत्रकार इन्दिरा अर्याल पुरस्कृत भएकी छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले हरेक वर्ष विज्ञान दिवसको अवसर पारेर प्रदान गर्दै आएको विज्ञान पत्रकारिता पुरस्कार यस वर्ष द राइजिङ नेपालमा कार्यरत पत्रकार अर्यालले पाएकी हुन् ।

११औं राष्ट्रिय विज्ञान दिवसको अवसर पारेर सोमबार प्रकृति संरक्षण कोषको सभाहलमा आयोजित कार्यक्रममा शिक्षा,विज्ञान तथा प्रविधि मन्त्री अशोककुमार राईले उक्त पुरस्कार प्रदान गरे ।

अर्याल मुख्य गरी वातावरण, वन्यजन्तु, विज्ञान एवं वैज्ञानिक अनुसन्धानलगायत पर्यावरणमा कलम चलाउँदै आएकी छन् ।

Logo