संविधानमा सबै नागरिकको स्वामित्व स्थापित होस् : परिवार दल

संविधानमा सबै नागरिकको स्वामित्व स्थापित होस् : परिवार दल

काठमाडौं एक्सप्रेस

काठमाडौं- संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८० का अवसरमा देश भित्र र बाहिर रहनुभएका सम्पूर्ण नेपालीमा नेपाल परिवार दलले शुभकामना व्यक्त गरेको छ ।

अध्यक्ष एकनाथ ढकालले नेपालको संविधानले परिकल्पना गरेको बृहत् राष्ट्रिय एकताको शान्ति र समृद्धियुक्त समाज निर्माणमा नेपाली नागरिक सफल हुने विश्वास व्यक्त गरेका छन् । उनले भनेका छन्, ‘संविधानकै परिधि भित्र रहेर एक समुन्नत राष्ट्र निर्माण सम्भव छ । संविधानमा सबै नागरिकको स्वामित्व र अपनत्व स्थापित होस्।’

ढकालले ऐतिहासिक दिवसमा सार्वभौम अधिकार सम्पन्न सम्पूर्ण नेपालीहरुमा शुभकामना दिएका छन् ।

Logo