डा. पाण्डेसहित पूर्व क्रिकेटरहरू सम्मानित

डा. पाण्डेसहित पूर्व क्रिकेटरहरू सम्मानित

काठमाडौं एक्सप्रेस

नेपाल क्रिकेट संघले पूर्व राष्ट्रिय खेलाडी डा. मनिषराज पाण्डेसहितका क्रिकेटरहरूलाई सम्मान गरेको छ । सन् १९९६ मा मलेसियामा भएको पेप्सी एसीसी ट्रफी टिममा नेपाल राष्ट्रिय क्रिकेट टिमको सदस्यको रुपमा सहभागीता जनाएका पाण्डेसहितका खेलाडीहरूलाई क्यानले सम्मान गरेको हो । पाण्डे त्यसबेला नेपाली टिमबाट ओपनिंग ब्याटिंग गरेका थिए ।

उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले उक्त प्रतियोगितामा सहभागी खेलाडीहरूलाई सम्मानपत्र प्रदान गर्दै नेपाली क्रिकेटलाई उचाईमा पुर्‍याउन महत्वपूर्ढ योगदान पुर्‍याएको बताएका छन् । पाण्डे हाल भक्तपुर जिल्ला क्रिकेट संघको अध्यक्ष समेत हुन् ।

जलवायुमा विद्यावारिधी गरेको पाण्डे हाल राष्ट्रिय प्रकृति संरक्षणको कोषको जलवायु विभागका प्रमुख समेत हुन् ।

यसैबीच क्यानको शनिबार एभरेस्ट होटलमा सम्पन्न साधरणसभा तथा अधिवेशनबाट अध्यक्षमा चतुरबहादुर चन्द पुनः तेस्रो पटक अध्यक्ष चुनिएका छन् । यस्तै सचिवमा राष्ट्रिय टोलीका पूर्वकप्तान पारस खड्का निर्वाचित भए ।
१७ सदस्यीय नयाँ क्यानमा यो समितिको कार्यकाल ४ वर्ष रहेको छ ।

Logo