नेपाल औषधि व्यवसायी संघ : खण्डेलवालले गरे पदभार

नेपाल औषधि व्यवसायी संघ : खण्डेलवालले गरे पदभार

काठमाडौं एक्सप्रेस

काठमाडौं– नेपाल औषधि व्यवसायी संघका नवनिर्वाचित अध्यक्ष प्रकाशकुमार खण्डेलवालले पदभार ग्रहण गरेका छन् ।

सोमबार साँझ निवर्तमान अध्यक्ष मृगेन्द्रमेहर श्रेष्ठले खण्डेलवाल नेतृत्वको नयाँ कार्यसमितिलाई पद हस्तान्तरण गरेका थिए । खण्डेलवालले मंगलबार बिहान क्षेत्रपाटीस्थित संघको कार्यालयमा पुगेर पदभार ग्रहण गरेका हुन् ।

पद हस्तान्तरण कार्यक्रममा खण्डेलवाललाई ५० वर्षको इतिहास भएको संघको उचाइलाई थप वृद्धि गर्ने प्रबिद्धता जनाए । उनले औषधि व्यवसायी संघलाई सबै व्यवसायीको अभिभावक संस्थाको रुपमा विकास गर्ने बताए ।

कार्यक्रममा निवर्तमान अध्यक्ष मृगेन्द्रमेहर श्रेष्ठले ९ वर्षको आफ्नो कार्यकालमा भूकम्प, नाकाबन्दी र कोभिड लगायतका महामारीसँग जुधेको स्मरण गरे ।

औषधि व्यवस्था विभागका महानिर्देशक नारायण ढकालले विभाग र व्यवसायी संघबीच हातेमालो गरेर अगाडि बढ्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा एप्पोनका अध्यक्ष प्रज्वलजंग पाण्डेलगायतले शुभकामना दिएका थिए ।

Logo