एमालेको प्रदेश अधिवेशन र अबको बाटो

एमालेको प्रदेश अधिवेशन र अबको बाटो

काठमाडौं एक्सप्रेस

काठमाडौं, । नेकपा एमाले समानुपातिक मतमा देशको पहिलो शक्ति, निर्वाचित सांसद सिटका आधारमा दोश्रो हुँदाहुँदै पनि यतिखेर सबै प्रदेश र केन्द्रीय सरकारबाट रिङ्गआउट भएको (कोशी प्रदेशमा सरकार छ ,केही राजनीतिक उथलपुथल नभए त्यता एमालेका मुख्यमन्त्रीले विश्वासको मत पाउने कुनै जीवित सम्भावना छैन ) नमीठो तीतो यथार्थ हामी माझ विराजमान छ ।

यो नेकपा एमालेका इमानदार सिपाहीका लागि असह्य खबर हो । अहिले देखि नै द्दण्डद्ध सालको आम निर्वाचनलाई लक्षित गरी एमाले ’मिसन डद्ध’ अभियान लिएर जनताको घरदैलोसम्म एमाले पुगेको छ । म चाहन्छु– अहिले जनताको घरदैलो हुँदै नेकपा एमाले डद्ध सालमा सिंहदरबारमा पुगोस् तर कसैको बैसाखी नेटकी ।

एमाले यतिखेर प्रदेश अधिवेशनको चटारोमा छ । लुम्बिनी प्रदेशमा उसले आफ्नो अधिवेशन सम्पन्न गरीसकेको छ । बागमती र कर्णाली प्रदेशको अधिवेशन अन्तिम चरणमा छ । बाँकी प्रदेशको अधिवेशन सम्मुखमै छ । यो आलेख ’एमालेको अबको बाटो , प्रदेश अधिवेशन र यसका एजेण्डा’ भन्ने विषयमा केन्द्रित रहने छ ।

वैचारिक उत्कृष्टता…

भन्नेहरूले जेसुकै भने पनि नेकपा एमाले आजका दिन सम्म ’जनताको बहुदलीय जनवाद’ हिँडेकै बाटो हिँडीरहेको छ । जननेता मदन भण्डारीको अगुवाईमा नेकपा एमालेमा कम्युनिष्ट आन्दोलनभित्रका समस्या र समाधानका सूत्र खोज्ने प्रयत्न जसरी भएको थियो । त्यो साँच्चै विरासदपूर्ण ईतिहास थियो र रहनेशछ । साँच्चै भन्ने हो भने यस पटक वा दशौं महाधिवेशन पश्चात नेकपा एमाले अरू पार्टीको तुलनामा आफ्नो विचार र सिद्धान्तमा सर्वोत्कृष्ट छ ।

एमालेमा यस भन्दा अगाडि यो लेभलको वैचारिक स्पष्टता , वैचारिक उत्कृष्टता थिएन । बरू वैचारिक मत भिन्नता टन्न थियो । जसको परिणाम हाम्रो सामु छँदै छ । एमालेका नेता कार्यकर्ता हिँड्ने बाटो भनेको ’जनताको बहुदलीय जनवाद’ भन्ने चोक हुँदै , ’समाजवाद’ को पुल तर्दै , अन्तिम स्टेसन संविधानले भनिदिएको ’साम्यवाद’ सम्म नै हो ।

आज देशका अन्य पार्टीले अङ्गीकार गरेका , अन्य पार्टीले अंगालेका , अन्य पार्टीले बोकेका जडसूत्रवाद , उग्रवाद , विसर्जनवाद , दक्षिणपन्थवादको विरोध गर्दै मार्क्सवादलाई सिर्जनात्मक रूपमा प्रयोग र विकास गर्ने निष्कर्षमा नेकपा एमाले पुगेको आज हैन । निकै भयो । नेपाली कम्युनिष्ट आन्दोलनलाई लोकतान्त्रीकरण गरी मार्क्सवादको सिर्जनात्मक विकास गर्ने ’नेकपा एमाले’ नै पहिलो कम्युनिष्ट पार्टी हो ।

नेपाली क्रान्तिका कार्यभारलाई नयाँ ढङ्गले सूत्रीकरण गर्ने काम एमालेले गर्दै आएको छ । आफ्नो धरातलीय वैचारिक स्पष्टता संगै एमालेले ’जनक्रान्ति’को सम्मान गर्दै टोल , समाज र देशबाट ’सामन्तवाद’ मात्रै हैन , सामन्तवादका अवशेष पनि लेखेट्नु पर्छ । तब मात्रै साम्यवादको ढोका खुल्न सक्छ ।

एमालेको विचार , सिद्धान्त बारे हामी यो भन्दा थप बहस नगरौँ । किनकी यो काम एमालेले आफ्नो दशौं महाधिवेशनबाट ’विधान अधिवेशन’ नामक छुट्टै महासंग्राम मार्फत अरू पार्टी भन्दा आफू अग्रगामी रहेको कुरा पुष्टि गरीसकेको छ । पुष्टि गरेको कुरा मान्नु शिवाय हामी संग अर्को विकल्प छैन ।

आजको एमाले…

एमाले यस बीचमा विभिन्न उतारचढावसंग हिँड्दै, लड्दै , उठ्दै , फेरि हिँड्दै अगाडि बढीरहेको छ । यी शृङ्खलावद्ध उतारचढावबाट, यी सिकेका लेसनहरूबाट , विगतका तितामीठा अनुभवबाट , भोगाई र सिकाईबाट ’अबको एमाले कस्तो बनाउने ?’ भन्ने प्रश्न हाम्रो सामु जबर्जस्त उभिएको छ । आज नेकपा एमाले कहाँ छ ? भन्ने प्रश्नको ’भित्तेघडी’बाट यतिबेला नेकपा एमालेमा आबद्ध सबै नेता, कार्यकर्ता, यसका इमानदार सिपाहीले एमालेका समस्याको मसिनो गरी पहिचान गर्न जरुरी छ । त्यसबाट नै समस्याको समाधान निस्कन्छ ।

निश्चित रूपमा एमालेमा यस बेला हिजोको भन्दा पार्टी सदस्यता बढेको छ । दिनहुँ पार्टीको जनसङ्ख्या बढेको छ । बर्षै पिच्छे भातृ संगठन बढेका छन् । नेताहरू बढेका छन् । कार्यकर्ता बढेका छन् । यो खुसीको कुरा हो । तर यस संगसंगै अर्को पाटोबाट हेर्दा कार्यकर्ता अवसरवादी भएका छन् । नेता सत्तामुखी भएका छन् । नेता पारिवारवादी भएका छन् । पार्टी भित्र इमानदारलाई पाखा लगाउने गरी डनवाद , धनवाद , अवसरवाद, परिवारवाद , आफन्तवाद , नातावाद , कृपावाद, जस्ता ’जडसूत्र’वादको बिउ हुर्केको पनि यथार्थ नै हो । हो ठ्याक्कै यही सवालको जगमा उभिएर अबको एमालेको ’विशाल घर’ तयार पार्नु नेता , कार्यकर्ता, तपाईँ हामी सबैको दायित्व हो । दायित्व संगै चुनौतीका हस्तरेखा पनि देखा परेका छन्। समय संगै यस्ता हस्तरेखा मेटिदै जानेछन् ।

प्रदेश अधिवेशन चलिरहँदा विभिन्न प्रदेशमा प्रतिनिधि छनौट देखि नेतृत्वको निर्वाचनसम्म ठाडो प्यानलबाजी देखियो भन्ने आम कार्यकर्ताको गुनासो छ । यस्ता घृणित कामले नेता कार्यकर्ता दुई पक्षमा विभाजित हुन्छन् । उनीहरुको मन ’दुध फाटे’ जस्तै फाट्छ । समग्र पार्टी यसको विचारमा , सिद्धान्तमा, संगठनमा , उद्देश्यमा , नीति निर्माणमा ’एक कोषिय’ हुनुपर्नेमा ’बहु कोषिय’ भैजान्छ । एमालेले अब अरू प्रदेशको अधिवेशनबाट ती धाँजा सम्याउनैपर्छ । ती गल्ति मेटाउनै पर्छ । यी समस्या हल गर्नैपर्छ ।

सुदूरपश्चिम प्रदेश मेरो गृह प्रदेश पनि हो । यहाँ ती समस्या नहोउन् भन्ने कुरा म चाहन्छु । नयाँ नेतृत्वका सामु यो अर्को महत्त्वपूर्ण चुनौती छ। विजयी र उपविजेता दुबैले एमालेलाई थप बलियो , थप संगठीत , थप सुदृढ पार्नका लागि एमालेका , देशका , समाजका , टोलका हरेक समस्यामा अंगालो हाल्नु , हात मिलाउनु , घाँटी जोड्नु जरूरी देखिन्छ ।

आमरूपमा हेर्दा यतिबेला नयाँ पुस्ताका नेताहरु पार्टी नेतृत्वमा पुग्न सफल भएका देखिन्छन् । यसर्थ यी प्रदेश अधिवेशनबाट यसपटक नेतृत्व हस्तान्तरणको नयाँ प्रक्रिया प्रारम्भ हुने म देख्छु । अब एघारौँ महाधिवेशनमा पार्टीको , प्रमुख नेतृत्वमा समेत नयाँ पुस्ता वा दोस्रो पुस्ताका नेता पुग्ने सम्भावनाको बाटो खुलेको छ । यो जरूरी पनि छ ।

एघारौँ महाधिवेशनबाट पार्टीमा पुस्तान्तरणको समेत ढोका खुल्नेछ , यो खुल्नुपर्छ। अब

Logo