गौरीशंकर संरक्षण क्षेत्रमा अनुसन्धान गर्न ८ जना विद्यार्थीले पाए लाखौंको रिसर्च ग्रान्ट

गौरीशंकर संरक्षण क्षेत्रमा अनुसन्धान गर्न ८ जना विद्यार्थीले पाए लाखौंको रिसर्च ग्रान्ट

काठमाडौं एक्सप्रेस

राष्ट्रिय प्रकृति संरक्षण कोषले ८ जना विद्यार्थीहरूलाई करिब ५ लाख रूपैयाँ बराबरको शोधवृत्ति प्रदान गरेको छ । कोषले व्यवस्थापन गर्दै आएको गौरीशंकर संरक्षण क्षेत्र परियोजना मार्फत विद्यार्थीहरूलाई उक्त रकम बराबरको अनुदान दिइएको हो । उनीहरुले उक्त संरक्षण क्षेत्रमा केन्द्रीत भएर अनुसन्धान गर्नुपर्ने छ ।

२ जनाले १/१ लाख रुपैयाँ पाएका छन् । स्नातकोत्तर अध्ययनरत छात्र संगम थापामगर र स्नातकमा अध्ययनरत छात्रा विशला प्सारद न्यौपानलेले जनही १ लाख रुपैयाँ रिसर्च ग्रान्ट पाएको जिक्यापका परियोजना प्रमुख डा मधु क्षेत्रीद्वारा जारी गरिएको सूचनामा उल्लेख छ ।

यस्तै निकित प्रधानले ६० हजार,विराट लामिछाने,अस्मिता न्यौपाने, चोङ्दिगी शेर्पा र प्रतिक्षा योगीले जनही ५०/५० रुपैयाँको दरले रिसर्च ग्रान्ट पाएका हुन् ।

स्‍नातक अध्ययनरत छात्र एन्जल कट्टेलले ४० हजार रुपैयाँ अनुसन्धान वृत्ति जिक्यापले दिएको हो । कोषले प्राप्त आवेदनहरूमध्येबाट उत्कृष्ट ठहरिएका रिसर्च प्रस्तावलाई छनोट गरेको थियो ।

Logo