औषधि व्यवसायी संघमा नयाँ नेतृत्वका लागि को–को छन् आकांक्षी ?

औषधि व्यवसायी संघमा नयाँ नेतृत्वका लागि को–को छन् आकांक्षी ?

काठमाडौं एक्सप्रेस

काठमाडौं– नेपाल औषधि व्यवसायी संघको १४ औं राष्ट्रिय अधिवेशन वीरगन्जमा शुक्रबारदेखि सुरु हुँदैछ । शुक्रबार बिहान ११ बजे वीरगन्जको टाउन हलमा सुरु हुने राष्ट्रिय अधिवेशनले आगामी तीन वर्षका लागि नयाँ नेतृत्व चयन गर्दैछ ।

नेपाल औषधि व्यवसायी संघले आफ्नो ५० वर्ष (स्वर्ण जयन्ती) को ऐतिहासिक अवसरमा निर्वाचित हुने भावी नेतृत्वलाई लिएर वीरगन्जमा चर्चा परिचर्चा सुरु भएको छ । राष्ट्रिय अधिवेशनमा वर्तमान केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरु, पूर्व केन्द्रीय अध्यक्षहरु, ७ वटा प्रदेश कार्यसमितिका पदाधिकारी एवं सदस्यहरु र ५४ जिल्ला कार्यसमितिका अध्यक्ष गरी २ सय ५ जना मतदाता छन् ।

२०७१ र २०७६ सालमा भएका दुई वटा राष्ट्रिय अधिवेशनमा निर्वाचित अध्यक्ष मृगेन्द्रमेहर श्रेष्ठले झण्डै ९ वर्ष नेतृत्व गरेको र विधानले तेस्रो कार्यकालमा उम्मेदवार हुन रोकेकाले नयाँ अध्यक्षमा दुई जनाको दाबी छ । वर्तमान कार्यसमितिका वरिष्ठ उपाध्यक्ष प्रकाशकुमार खण्डेलवाल र पूर्वउपाध्यक्ष लोकहरि श्रेष्ठ चुनावी मैदानमा छन् ।

खण्डेलवालले आफ्नो गृहनगर वीरगन्जमा बुटवल निवासी श्रेष्ठसँग चुनावी सामना गर्दैछन् । प्रतिनिधिहरुले दुवैबीच कडा प्रतिस्पर्धा हुने अनुमान गरेका छन् । खण्डेलवाल र श्रेष्ठ आफ्ना चुनावी एजेन्डासहित मैदानमा उत्रिएका छन् ।

खण्डेलवालले औषधि व्यवसायी संघलाई ‘सबैभन्दा ठूलो र सबै अँट्ने’ संस्था बनाउन अधिकतम प्रयास गर्ने जानकारी दिए । ‘मेरो अहंमता छैन, कसैलाई पक्षपात गर्दिनँ,’ उनी भन्छन्, ‘संस्थालाई राम्ररी चलाउन सक्छु । सब साथीहरुलाई मिलाएर काम गर्न सक्छु ।’

औषधि व्यवसायी संघलाई आर्थिक स्वावलम्बन गराउने आफ्नो उद्देश्य रहेको बताउँदै खण्डेलवालले तत्कालै ‘ओभर सप्लाई’ र ‘ओभर डम्पिङ’को समस्या समाधान गर्नुपर्ने आवश्यकता रहेको बताए । ‘हरेक व्यवसायमा समस्या आएको छ । उपभोक्ता धेरै छैनन्, सप्लाई धेरै छ । मेसिनहरु निष्क्रिय हुँदै गएका छन्,’ उनी भन्छन्, ‘व्यवसायीलाई डुब्ने अवस्थाबाट बाहिर निकाल्ने नेतृत्वले बलियो भएर काम गर्नुपर्छ ।’

संस्थामा कानूनी सल्लाहकार राख्ने र विशेषज्ञ फर्मासिस्ट राख्ने, नीति विशेषज्ञ समूह बनाउने आफ्नो योजना रहेको खण्डेलवालको भनाइ छ । उनले औषधि व्यवसायीले आफ्नो पैत्रीक सम्पत्ति र कम्पनीलाई परिवारमा हस्तान्तरण गर्न नपाउने नियमविरुद्ध संघले कदम चाल्ने बताए ।

उनले तत्कालिन नारायणी अञ्चलमा विभिन्न पदमा रहेर काम गरेसँगै केन्द्रीय कार्यसमितिमा सदस्य, उपकोषाध्यक्ष, उपाध्यक्ष ९आयात० र वरिष्ठ उपाध्यक्षमा रहेर जिम्मेवारी निर्वाह गरेका छन् ।

श्रेष्ठ वि।सं। २०५३ सालदेखि औषधि व्यवसायमा संलग्न छन् । सुरुमा तत्कालीन लुम्बिनी अञ्चलमा सदस्य पदबाट संघमा प्रवेश गरेको थिए । त्यसपछि लुम्बिनी अञ्चलमै सह—कोषाध्यक्ष, कोषाध्यक्ष र उपाध्यक्षको भएर काम गरे । केन्द्रमा एक कार्यकाल सदस्य एक कार्यकाल थोक तर्फको उपाध्यक्ष र गएको १३ औं महाधिवेशनमा अध्यक्ष पदको उम्मेदवार उपविजेता भएका थिए ।

श्रेष्ठले अध्यक्ष पदमा निर्वाचित भएपछि पहिलो तीन महिनाभित्र दुई वटा काम गर्ने योजना लिएको बताए । ७७ जिल्ला भएपनि ५४ जिल्लामा मात्रै हाम्रो जिल्ला शाखा गठन भएको छ । जिल्ला शाखाको अध्यक्षसहित प्रदेशका अध्यक्षहरु र केन्द्रीय समितिको एउटा पूर्ण बैठक राखेर पहिले म समस्याको पहिचान गर्नेछु, उनलले भनेका छन्, पहिचान भएको समस्यालाई क्रमसः आवश्यकता र समय हेरेर कुन—कुन पहिला गर्न सकिन्छ प्राथमिकतामा आधारमा समाधान गर्नेतिर लाग्नेछु ।

श्रेष्ठले औषधि औषधि व्यवस्था विभागका कार्यालयहरुमा संघले एउटा हेल्प डेस्क राख्ने योजना पनि सुनाए । उनले भने, ुजस्तो संवेदनशील पेशा नियमित तालिमबाट अपडेट तथा अपग्रेड हुनुपर्ने जरुरी छ । यो अहिले धेरै समयदेखि भएको छैन । नेपालमा झण्डै २० वटाभन्दा बढी गैरसरकारी संस्थाले स्वास्थ्य क्षेत्रमा काम गरिरहेका छन् ।

पदाधिकारीमा को को छन् आकांक्षी ?
भावी अध्यक्षको रुपमा हेरिने संघको वरिष्ठ उपाध्यक्ष पदमा वर्तमान कार्यसमितिका थोक उपाध्यक्ष निरञ्जनप्रसाद रिसाल र वर्तमान कार्यसमितिका खुद्रा उपाध्यक्ष रामप्रसाद खरेलबीच प्रतिस्पर्धा हुने भएको छ । रिसाल यसअघि बागमती अञ्चल शाखाको अध्यक्ष थिए ।

उपाध्यक्ष आयातमा वर्तमान महासचिव रामचन्द्र शर्मा र पूर्वमहासचिव शेखर श्रेष्ठबीच प्रतिस्पर्धा हुने लगभग निश्चित भएको छ ।

थोक उपाध्यक्षमा पोखराका टंकप्रसाद अधिकारी र काठमाडौंका प्रकाश श्रेष्ठबीच प्रतिस्पर्धा हुने भएको छ ।

खुद्रा उपाध्यक्षमा पोखराका यामनाथ पौडेल र पूर्वमहासचिव हरिप्रसाद बिडारी प्रतिस्पर्धामा छन् ।

महासचिवमा प्रशान्त मानन्धर र श्रीधर खनाल मैदानमा उत्रिएका छन् । माननन्धर वर्तमान कार्यसमितिका केन्द्रीय सदस्य हुन् भने बागमती अञ्चल शाखाका पूर्वमहासचिव हुन् । खनाल पनि बागमती अञ्चल शाखा हुँदै वर्तमान कार्यसमितिका उपकोषाध्यक्ष हुन् ।

कोषाध्यक्षमा वर्तमान कार्यसमितिका कोषाध्यक्ष सम्राटमान जोशी मैदानमा उत्रिएका छन् । जोशीसँग पूर्वउपकोषाध्यक्ष राजेश प्रधान प्रतिस्पर्धा गर्दैछन् । जोशी यसअघि बागमती अञ्चल शाखाको महासचिव थिए ।

सचिवमा लुम्बिनीका कृष्ण रोकाया र काठमाडौंका सृजन भट्टराई, उपकोषाध्यक्षमा ललितानन्द जोशी र कविराज कँडेलले आकांक्षा देखाएका छन् ।

२१ सदस्यीय कार्यसमितिका लागि शुक्रबार बिहान मनोनयन दर्ता हुँदैछ ।

राष्ट्रिय अधिवेशनको उदघाटन उपराष्ट्रपति रामसहाय प्रसाद यादवले वीरगन्जमा भव्य कार्यक्रमबीच गर्दैछन् ।

संघका अध्यक्ष मृगेन्द्रमेहर श्रेष्ठले राष्ट्रिय अधिवेशनको तयारी पूरा भएको जानकारी दिए ।

Logo