मुस्लिम आयोगका अध्यक्ष अन्सारीद्वारा भारतीय रक्षामन्त्रीसँग भेट

मुस्लिम आयोगका अध्यक्ष अन्सारीद्वारा भारतीय रक्षामन्त्रीसँग भेट

काठमाडौं एक्सप्रेस

काठमाडौं– भारत भ्रमणमा रहनुभएका मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले भारतीय रक्षामन्त्री राजनाथ सिंहसँगसँग भेटवार्ता गर्नुभएको छ ।

भारतको राजधानी नयाँदिल्लीमा अध्यक्ष अन्सारीले रक्षामन्त्री सिंहसँग भेटवार्ता गर्नुभएको मुस्लिम आयोगले जनाएको छ । भेटमा दुई मुलुकबीचको सम्बन्ध सुधारका विषयमा कुराकानी भएको आयोगद्वारा जारी विज्ञप्तीमा जनाइएको छ ।

भेटमा सीक्षा क्षेत्रमा भएका घटनाबारे पनि कुराकानी भएको अध्यक्ष अन्सारीले जानकारी दिनुभयो । अध्यक्ष अन्सारीले नेपालमा स्थिरतासँगै विकास र समृद्धिका लागि धेरै काम भएको जानकारी दिँदै छिमेकी मुलुक भारतबाट सहकार्य र सहयोग हुने अपेक्षा गर्नुभयो ।

भेटमा भारतीय रक्षामन्त्री सिंहले नेपाल र भारतबीच सदियौंदेखि जनस्तरमा सम्बन्ध रहेको चर्चा गर्दै आगामी दिनमा अझै प्रगाढ हुने विश्वास व्यक्त गर्नुभयो ।

Logo