६ हजार कुकुरको बन्ध्याकरण गर्दै काठमाडौं महानगरपालिका

६ हजार कुकुरको बन्ध्याकरण गर्दै काठमाडौं महानगरपालिका

काठमाडौं एक्सप्रेस

काठमाडौं महानगरपालिकाले करिब ६ हजार कुकुरको बन्ध्याकरण गर्ने अभियान सुरु गरेको छ । असोज २३ गते मंगलबारबाट सुरु भएको यो अभियान तीन महिनासम्म चल्ने महानगरले जनाएको छ ।

अभियान सुरु भएको पहिलो दिन ९७ वटा कुकुरको बन्ध्याकरण भएको महानगरका प्रेस सहयोगी सुरेन्द्र बजगाईंले जानकारी दिए । मंगलबार महानगरका ९ वटा वडाहरूमबाट एकैसाथ बन्ध्याकरण गरिएको थियो ।

यस्तै कुकुर बन्ध्याकरणसँगै रेबिजविरुद्धको खोप अभियान पनि महानगरले सुरु गरेको छ । बन्ध्याकरणसँगै रेबिज खोप पनि लगाइएको महानगरले जनाएको छ ।

तीन महिनाभित्र ५ हजार ८ सय कुकुरको बन्ध्याकरण र १६ हजारलाई रेबिज विरुद्धको खोप दिने तयारी रहेको महानगरले जनाएको छ ।

Logo