एमयूका उपकुलपति सिंह भारतमा विशेष अतिथिको रुपमा सम्मानित

एमयूका उपकुलपति सिंह भारतमा विशेष अतिथिको रुपमा सम्मानित

काठमाडौं एक्सप्रेस

मध्य पश्चिम विश्वविद्यालयका उपकुलपति प्राध्यापक डाक्टर नन्दबहादुर सिंह विशेष अतिथिको रुपमा सम्मानित भएका छन् । भारतको चन्दीगढस्थित चन्दीगढ विश्वविद्यालयले आयोजना गरेको विश्वस्तरीय सम्मेलनमा सहभागी हुने क्रममा प्राडा सिंहलाई विश्वविद्यालयले विशेष अतिथिको रुपमा सम्मान गरेको हो ।

चन्दीगढ विश्वविद्यालयले विश्व शिक्षा सम्मेलन-२०२३ आयोजना गरेको थियो । सो सम्मेलनमा विश्वभरका ५० भन्दा बढी देशका प्रतिनिधि एवं शिक्षा क्षेत्रमा लागेका अनुसन्धानकर्ता र प्राध्यापकहरूको उपस्थिती थियो । सम्मेलनमा विश्भरका विश्वविद्यालयका प्रतिनिधिहरूले आफ्नो अनुभव साटासाट गरेका थिए ।

प्राडा सिंहसहित एमयूका विज्ञान संकायका डिन डाक्टर सुदीप ठकुरी सम्मेलनमा सहभागी भएका थिए ।

Logo