फेरिए महालक्ष्मीका प्रमुख प्रशासकीय अधिकृत

फेरिए महालक्ष्मीका प्रमुख प्रशासकीय अधिकृत

काठमाडौं एक्सप्रेस

ललितपुर– महालक्ष्मी नगरपालिका, ललितपुरका प्रमुख प्रशासकीय अधिृकत फेरिएका छन् ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रुद्रलाल भूसालको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा सरुवा भएसँगै नयाँ जिम्मेवारी प्रदीप पौडेलले पाएका छन् । भूसाल चैत दोस्रो साता जिसस ललितपुरबाट सरुवा भई महालक्ष्मीको प्रशासकीय नेतृत्व गर्दै आएका थिए ।

पौडेलले दसैंअघि नै रमाना बुझिसकेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय स्रोतले जनाएको छ ।

पौडेलले मुलुककै सफल तिलोत्तमा नगरपालिकामा प्रशासकीय नेतृत्व गरेका थिए । तिलोत्तमा नगरपालिकाका असल अभ्यास मुलुककै लागि उदाहरणीय छन् । उनी तिलोत्तममा प्रमुख प्रशासकीय अधिकृत हुँदा तिलोत्तमा नगरपालिकालाई उत्कृष्ट नगरपालिकाको रुपमा स्थापित गराउन सफल भएका थिए ।

सिन्धुली स्थायी घर भएका पौडेलले काठमाडौंको टोखा, बुढानिलकण्ठ नगरपालिका, काभ्रेको पनौती नगरपालिका, रुपन्देहीको तिलोत्तमा र देवदह नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत भई काम गरेका छन् । उनले अर्घाखाँचीको स्थानीय विकास अधिकारीको रुपमा काम गरिसकेका छन् ।

Logo