दशैँ सकिएसँगै भारती मानन्धरको पुनः रिले अनसन शुरु

दशैँ सकिएसँगै भारती मानन्धरको पुनः रिले अनसन शुरु

काठमाडौं एक्सप्रेस

काठमाडौं । भारती मानन्धरले दशैँ सकिएसँगै पुनः रिले अनसन शुरु गरेकी छन् ।

श्रीमानको हत्या गरेको आरोपमा थुनामा रहेका गुण्डा नाइको रिगल भनिने योगराज ढकाललाई संविधान दिवसको अवसरमा आममाफी दिएपछि प्रतिवादमा उत्रिएकी नेपालगञ्जकी मानन्धरले पुनः रिले अनसन शुरु गरेकी हुन् ।

श्रीमान चेतन मानन्धरको हत्या अभियोगमा जेल परेका रिगललाई गत असोज ३ गते सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले आममाफी दिएपछि परिवारले बिरोध गर्दै आएका छन् ।

भारतीले आज (आइतबार) बाट माईतीघर मण्डलामा पुनः रिले अनसन शुरु गरेकी हुन् । २०७२ सालको असारमा दुई समूहबीच आपसी विवाद हुँदा बाँके नेपालगञ्जका चेतन मानन्धरको हत्या भएको थियो

Logo